Ray 4U
महानगरले सुरु गर्‍यो सानो गौचरन स्टेडियमको पुननिर्माण

काठमाडौं, मङ्सिर १३ गते 

काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियमको पुननिर्माण कार्य सुरु गरेको छ | आज उपप्रमुख सुनिता डङ्गोलले शिलन्यास गरेर पुन निर्माण को सुरुवात गर्नु भएको हो  | यो स्टेडियम पुननिर्माणको कार्य शुभ कन्स्ट्रक्सनले १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा गर्नेछ  | एक हजार ५ सय दर्शक क्षमताको बन्ने यो रंगशाला १८ रोपनीमा क्षेत्रफलमा निर्माण हुनेछ  |


यहाँ  ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । 


स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।   

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update