पुसमा हाईस्कुल राष्ट्रिय क्रिकेट हुने

काठमाडौं, मङ्सिर १२ गते
पुस महिनाको पहिलो साताबाट हाईस्कुल राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ | यो प्रतियोगितका आयोजक ई- प्लानेट एजुकेसन कन्सल्टेन्सी र हाईपयेती इभेन्ट्स रहेका छन | छनोट प्रतियोगिता पुस ३ गतेबाट सातैवटा प्रदेशमा सुरु हुनेछ | प्रदेशबाट छनोट भएर आएकाले काठमाडौंको मुलपानी मैदानमा माघ ९ गते देखी १२ गते सम्म अन्तिम प्रतिस्पर्धा गर्नेछन |
आयोजकका अनुसार यो प्रतियोगीतामा कक्षा ११ र १२ का विद्यार्थीहरुले मात्र भाग लिन पाउने छन | पहिलो चरणको विजेता टोलीले पचास हजार पाउनेछन भने फाइनल चरणको विजेताले एक लाख,उप विजेताले पचास हजार पाउनेछन त्यसैगरि सर्वोत्कृष्ट र विधागत उत्कृष्ट खेलाडीले जनही दश हजार पाउने जनाईएको छ |
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ २३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय