पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं, मङ्सिर १२ गते
दृष्टिविहिन टी -२० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले हारेको छ | नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो | नेपाल पाकिस्तानसँग हारेपनि सेमिफाईनल पुग्ने सम्भावना भने कायमै रहेको छ | यहाँ भाग लिएका चार टोली सेमिफाईनलमा प्रवेश गर्न पाउनेछन |
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय