प्लेयर अफ द सिरिज लाई कार पुरस्कार
काठमाडौं, मङ्सिर ११ गते
नेपाल प्रिमिएर लिगले उत्कृष्ट खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ | आज सम्झौता पत्रमा ब्रान्ड डिजीटल लजिकका प्रमुख कार्यकारी अधिक्रित रोशन निरौला र एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गर्नु भएको थियो | क्यानले एनपीएलको ड्रिभन बाई पार्ट्नरमा ओमोडा एण्ड जेईकोसँग सम्झौता गरेको हो |
क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि पुष ६ गतेसम्म नेपाल प्रिमिएर लिग त्रिवी मैदान कीर्तिपुरमा हुनेछ | यस प्रतियोगितामा आठवटा फ्रेन्चाईज टोलिले भाग लिनेछन | उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्टसबिच हुनेछ |
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ २०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय