तोलामै १५ हजार नौ सयले घट्यो सुन
काठमाडौं, मङ्सिर १० गते
आज एकै दिन सुन तोलामा १५ हजार नौ सयले घटेर एक लाख ५१ हजार ३ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछी त्यसको प्रभाव आज नै परेको हो | त्यसैगरी आज चाँदीको मुल्य पनि एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय