जेष्ठ २८, तपक्रम बढे सँगै डेंगीको प्रक्रोप पनि बढी रहेको छ । नेपालका ६० जिल्लामा डेंगी पुगिसकेको छ । डेंगीको लक्षण कतिपय मनिशहरुमा नदेखिन पनि सक्छ । २०८० मा डेंगीबाट २० जनाले ज्यान गुमाएका थिए भने २०७९ मा ८८ जनाको ज्यान यो रोगका कारण भएको थियो । डेंगीका लक्षणहरूमा हल्का देखि उच्च ज्वरो आउने, मांसपेशीमा कडा दुखाइ तथा दागहरू, कडा टाउको दुख्ने र आँखा दुख्ने समावेश छ ।
डेंगीबाट बच्ने उपायहरू:
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने
- दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने र लामखुट्टेको फुल नष्ट गरौं ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गर्ने ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने ।