काठमाडौं, कार्तिक २४ गते
गौतमबुद्ध विमानस्थलमा चाहलपहल बढेको छ | आज बिहान ७ बजेर ४० मिनेटमा जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ |प्राविधिक कारण देखाउँदै जजिराले केही महिनाको उडान पछि उडान रोकेको थियो | जजिराले अब मंगलबार, बिहीबार र शनिबार भैरहवा - कुवेत उडान गर्नेछ | जजिराको विमान बिहान ७ बजे र ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ भने ८ बजे र ३० मिनेटमा कुवेतका लागि उड्नेछ |
विमानस्थल श्रोतका अनुसार आजबाट फ्लाई दुबईले पनि उडान गर्नेछ |फ्लाई दुबईले दुबई - भैरहवा - काठमाडौं - दुबई उडान भर्नेछ भने अब साताको सातै दिन उडान गर्ने जनाएको छ | जहाज हरेक दिन पौने दुई बजे भैरहवामा अवतरण गर्नेछ भने पौने ३ बजे त्यहाँबाट उड्नेछ |
त्यसैगरि नेपाल एयरलायन्सले पनि आज साँझबाट काठमाडौं - भैरहवा - दुबई उडान सुरु गर्नेछ | जहाज काठमाडौंबाट राति १०:२० मा भैरहवा
अवतरण गर्नेछ भने १०:५० मा दुबईका लागि उडान गर्नेछ | नेपाल एयरलायन्सले सातामा एक दिन मंगलबार कलालम्पुर - काठमाडौं - भैरहवा गरिरहेको छ |
श्रोतका अनुसार थाई एयर एसियाले पनि आउने सातादेखी उडान भर्नेछ | विमानले दिउँसो सवा १२ बजे भैरहवा अवतरण गर्नेछ भने १ बजे थाईल्याण्ड उड्नेछ |