Ray 4U
यु -१९ महिला टोलीको विजयी सुरुवात

 काठमाडौं, कार्तिक २१ गते 

युएईको द सेभेन क्रिकेट रंङ्गशालामा आज सम्पन्न भएको यु -१९ महिला क्रिकेटमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराउँदै सुखद सुरुवात गरेको छ | टस हारेर पहिला ब्याटिङ गर्नुपरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको स्कोर तयार पारेको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।            

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य भेट्टयाउन हिंडेको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटिएको थियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाइन । नेपालको तर्फबाट रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान 1-1 विकेट लिए ।

कात्तिक २९ गतेसम्म चल्ने यस प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग, कात्तिक २४ गते युएईसॅंग, चौथो खेल कात्तिक २५ गते थाइल्यान्ड, पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । 

 

465691556_989978116491902_4369274582544458323_n-1730907623.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update