Ray 4U

जेष्ठ २७, ललितपुर । सडक विभागले ग्वार्को चोकमा बनाइरहेको फ्लाई ओभरको काम दिनरात भैरहेको छ । डिजाइनमा केही परिवर्तन भएपछी ढिला हुनपुगेको काम पछील्लो समय भने युद्धस्तरमा हुँदैछ । यो प्रोजेक्टको ग्वार्को चोकमा रहने पुलको ढलान २०८१ जेष्ठ २६ गते सम्पन्न भएको छ । हाल यो आयोजनाको कारीब ८०% काम सकिएको छ ।  

8C0A0273-1717908096.JPG
 

यहा करीब ८० जन पुरुष र १२ जना महिलाले काम गरीरहनु भएको छ | अहिले मुख्य रुपमा पुलको ढलान भएको छ भने प्यानेललाइ बलियो बनाउन का लागि Geo strip राख्ने माटो फिलिङ गर्ने रोल गर्ने काम हुँदैछ |त्यसका साथ् साथै पुल को दुबइ side मा माटो फिलिङ को काम हुँदैछ |
   Snapshot-2-(6-9-2024-10-09-AM)-1717908098.png

आरसी समानान्तर र रेलिग्रे निर्माण कम्पनीले फ्लाइओभर निर्माण गरी रहेका  छन | फ्लाइओभर निर्माणका लागि ठेकेदार कम्पनीसँग ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा २०७८ फागुन ११ गते ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको निर्माण ‘इपिसी’ मोडेलमा भएे  रहेको छ । यस मोडेलमा निर्माण कम्पनीले नै आयोजनाको  डिजाइन देखिका काम सबै निर्माण कम्पनीकै हुन्छ | फ्लाइओभर निर्माणका लागि कुल १७ करोड ७६ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो | ग्वार्को फ्लाइओभर निर्माण गर्न ०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो | यो  फ्लाइओभरमा बालकुमारी तर्फ  ३२० मिटरको र्‍याम्प रहनेछ भने सातदोबाटोत तर्फ  १८५ मिटरको र्‍याम्प रहनेछ । मुख्य चोकमा ३५ मिटरको पुल हुनेछ |यो  फ्लाइओभरको लम्बाइ ५४० मिटरको रहने छ |

8C0A0284-1717908096.JPG
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update