फाइनल खेलको टिकेट बिक्रिमा रोक
काठमाडौं, कार्तिक १२ गते
अखिल नेपाल फुटबल संघले साफ महिला च्याम्पियनसिपको बुधबार हुने खेलको टिकेट बिक्रीमा रोक लगाएको छ | आज एक सूचना जारी गर्दै एन्फाले सो कुराको जानकारी दिएको हो । नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक जनाएको हो । एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सोधपुछ भइरहेको बताएको छ । "अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्नहुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ," एन्फाले भनेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ २०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय