Ray 4U
भारतमा मोदी तेश्रो पटक प्रधानमन्त्री

२५ जेठ, भारतका नयाँ प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी नियुक्त भएका छन । उनी तेश्रो कर्यकालका लागि विश्वोको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुकको रुपमा चिनिएको भारतको प्रधानमन्त्री बनेका हुन । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता नरेन्द्र भाई मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन ।

447595717_1237022671125296_6234737508909430744_n-1717808408.jpg
 

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । साँझ राष्ट्रपतिलाई भेटेपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् । यो चुनावमा भने मोदीको एजेन्डाहरु जनताले अनुमोदित नगरेको विपछीहरुले भन्दै आएका छन ।

बिजेपी ले यो पटक उनीहरुको गठबन्धनले ४०० पार गर्ने नारा लगाउदै आएको थियो भने कतिपय एक्जिट पोलहरुले पनि त्यसलाई पुष्टी गरेका थिए ।  यसै बिच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update