Ray 4U
सरकारले जलनको उपचार निःशुल्क गर्ने

काठमाडौं, कार्तिक ४ गते 

नेपाल सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ | आर्थिक बर्ष ०८१/८२ मा स्वास्थ्य   मन्त्रालयको आन्तरिक स्रोतबाट नि: शुल्क उपचार गरिने जनाइएको छ | जलनको नि: शुल्क उपचार सम्बन्धी प्रस्तव स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदिप पौडेलले असोज ३० गते मन्त्रि परिषदमा लैजानुभएको थियो |

देशका विभिन्न अस्पतालहरुमा जलनको निःशुल्क उपचार गरिने भएको छ | कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिममा सेती प्रादेशिक अस्पतालमा  निःशुल्क उपचार गरिने भएको हो |        
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update