विदेशबाट नेपाल नि:शुल्क रकम पठाउन सकिने
काठमाडौं असोज २२ गते
अब विदेशबाट नेपालमा नि:शुल्क रकम पठाउन सकिने भएको छ | भिसा तथा मास्टरकार्डबाट सोझै नेपालका कुनै पनि बैंक खातामा रकम नि:शुल्क पठाउन सकिने छ | हाम्रो पात्रोले नबिल बैंकसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो |
हाम्रो पात्रोको एपमा उपलब्ध भएको इजी सेन्ड नाम दिईएको यो फिचरबाट पैसा पठाउँदा कुनै पनि शुल्क नलाग्ने हाम्रो पात्रोले जनाएको छ|
पैसा पठाउने कार्य गर्नका लागि इजीसेन्ड अकाउन्ट खोलेर व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ | त्यसपछी रकम प्राप्त गर्ने व्यक्तिको विवरण भरेर आफ्नो भिसा तथा मास्टरकार्डको पनि विवरण राखेर पैसा पठाउन सकिन्छ |
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय