पूर्णरुपमा सञ्चालनमा आयो कान्ति लोकमार्ग
काठमाडौं असोज २२ गते
बाढीपहिरोका कारण अवरुद्ध भएको कान्ति लोकमार्ग सूचारु भएको छ | मकवानपुर जिल्लाको बगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग यही असोज १० देखी १२ गते सम्म परेको अविरल बर्षाले बगाएको थियो |
नेपाली सेनाले अहिले यहाँ करिब ८०० मिटरको बाँध निर्माण गरेर बागमती नदी डाईभर्सन गरेको जनाएको छ भने ३२० मिटर लम्बाइको नयाँ ट्र्याक निर्माण पनि गरेको छ | त्यसैगरी बागमती नदीमा सडक लाई पुल सम्म जोड्न ४० मिटरको र्यापको निर्माण पनि गरिएको जनाएको छ |
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय