नेपाल एयरलायन्सले काठमाण्डौ भैरहवा काठमाण्डौ उडानको अनुमती पाएको छ । असोज २४ गते फूलपातीको दिन एयरलायन्सले आफ्नो A320 विमान उडाउने छ । कारीब १६० जनाले यात्रा गर्न मिल्ने यो विमान, असोज २४ गते ११ बजे काठमाडौबाट उड्नेछ भने भैरहवाबाट १२:३० बजे फिर्ता हुनेछ । काठमाडौ बाट भैरहवा जाने यात्रुले ७००० रुपैया भाडा तिर्नुपर्नेछ भने भैरहवाबाट काठमाडौ उड्ने यात्रुले ३८९० रुपैयामा टिकट पाउने छन । निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको छ । राजमार्ग पुर्ण रुप मा संचालन मा नआए पछि दशैं को लागि घर जान टिकट नपाएको गुनासो आए सँगै Nepal Airlines ले जनता लाई सहज होस् भनेर चलाईएको जनाएको छ।
भैरहवासगै काठमाडौबाट पोखरा विमानस्थालमा पनि नेपाल एयरलायन्स र हिमालय एअरलाईनसले पनि सेवा दिनुपर्ने माग हुनथालेको छ ।