सन्चालनमा आए सुपथ मुल्य पसलहरु
काठमाडौं, असोज ४ गते
चाडपर्वलाई लक्षित गर्दै सरकारले सुपथ मुल्य पसलहरु सन्चालनमा ल्याएको छ |कम्पनीको देशभर रहेका करिब ४२ जिल्लाका ६३ बिक्री केन्द्रहरुबाट सञ्चालित सुपथ मुल्य पसलहरुबाट खाद्यान्न लगायतका वस्तु खरिद गरी लाभान्वित हुनुहुन आम उपभोक्ताहरुमा अनुरोध गरेको छ | बर्दिया, जनकपुर, सुर्खेत र काठमाडौंमा विश्वखाद्य कार्यक्रमको सहयोगमा चामलमा पौष्टिक तत्व स्तरोन्नती गर्ने यन्त्र स्थापना पनि गरिएको छ |
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ,नक्खु र सुर्यविनायकमा सुपथ मुल्यका पसलहरु सन्चालनमा आएका छन | असोज ३ गतेबाट सन्चालनमा आएका यि पसलहरु माग २ गते सम्म सन्चालनमा ल्याईने जनाईएको छ | हरेक बर्ष सरकारले चाडपर्वलाई लक्षित गर्दै यस्ता पसलहरु सन्चालनमा ल्याउने गरेको छ |
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ २३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय