Ray 4U
राहुघाट जलविद्युत आयोजना ८० प्रतिशत सम्पन्न

काठमाडौं, असोज ४ गते

राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाईएको छ | म्याग्दीको रघुगंगा गाँउपालिकामा निर्माण भईरहेको यो आयोजना  ४० मेगावटको  आयोजना हो | यो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो | यो आयोजनाको निर्माण आगामी असार भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ |

आयोजनाको मुख्य सुरुङको एक किलोमिटर कङक्रिट लाइनिङ गरि सकिएको छ भने हाल  ६.२ किलोमिटर लामो सुरुङ खनी कङक्रिट लाइनिङ काम भइरहेको छ |        

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update