२०८१-०२-२४ गते बिहीबार फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा पराजित भएको छ । साउदी खेलिएको खेलमा यूएई ले नेपाललाई ४–० गर्दै हराएको हो । बिहीबार राति खेलिएको खेलमा यूएईले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफमा यूएईका लागि दुबै गोल हरिब अब्दल्लाले गरेका हुन् । उनले तीन मिनेटको बिचमा दुई गोल गरे । खेल सुरु भएको १२औँ मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए । उनले १४ औँ मिनेटमा अर्को गोल थपेका थिए । यूएईले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । यूएईका लागि तेस्रो गोल ५३औँ मिनेटमा अली सालेहले गरेका थिए । हाजिम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औँ मिनेटमा यूएईका लागि चौथो गोल गरेका थिए । आजको खेलमा नेपाल UAE भन्दा शरीरिक रुपमा पनि निकै कमजोर देखिएको थियो । नेपाली खेलाडीहरुको शरीरिक सुगठनमा पनि काम गर्नुपर्ने देखिन्छ ।
AFC ले ANFA लाई दशरथ रंगशाला विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेको निर्णय दिएपछी नेपालले यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्न वाध्य भएको थियो । सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरबमा खेलेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरबमै खेलिने छ । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।
हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो ।