Ray 4U

काठमाडौं, भदौ ३०  गते

आज हनुमान ढोका अघाडि ईन्द्रध्वजासहितको लिंगो ठड्याएर ईन्द्रजात्रा सुरु भएको छ | नेवार समुदायमा यो पर्वलाई एँया पुन्ही भन्ने गरिन्छ | यो पर्व आठ दिन सम्म नाचगान, रथयात्रा पूजाअर्चना गरेर मनाईन्छ |  विशेष गरी काठमाडौं उपत्यकामा यो पर्व धुमधामका साथ मनाइन्छ | यस दिन काठमाडौं उपत्यकामा बिदा पनि हुने गर्दछ | उक्त दिन राष्ट्रप्रमुखले गणेश, कुमारी र भैरवको दर्सन गर्ने परम्परा रहेको छ |        

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update