Ray 4U

काठमाडौं, भदौ २९ गते

न्यूरोडको चर्चा अहिले नेपालभित्र मात्र नभएर विश्वोभरी छ | यो ऐतिहासिक सडकमा रातारात फुटपात छाप्ने काम भईरहेको छ | करिव ५० जनाको कामदारको साथमा यो काम अघि बढाएको छ | निर्माण कम्पनीका तर्फबाट contractor ईन्द्र बोहराले, भदौ ३० गते भित्र यहाँँको फुटपातलाई निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भईरहेको बताउनु भएको छ | राती काम हुदाँ व्यापारिक दृष्‍टिकोणले पनि सहज हुने भएपछी यस क्षेत्रका व्यापारिकहरुले पनि खुशी व्यक्त गरेका छन | रातारात यहाँँको फुटपात बनाउने निर्माण कम्पनीलाई बधाई पनि दिएका छन |

आरोग्य - साईटेक JV ले यस निर्माणको काम गरिरहेको छ | २०८१ साल चैत मसान्त सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको थियो | जुन रुपमा काठमाडौं महानगरपलिकाले काम गरिरहेको छ, यो तरिका अरुले पनि अवलम्बन गर्न सके, नेपालमा छिट्टै कायापलट भएको देख्न सकिनेछ |  

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update