Ray 4U
महानगरपालिकाले असहायका लागि ५२ अस्पतालमा ३७४ शय्या सुनिश्चित गर्‍यो

काठमाडौँ - जेष्ठ २५ 

 काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ |काठमाडौँ महानगरपालिकामा रहेका निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।

महानगरपालिकाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था रहेको  छ ।

उपचार लिने  जानकारीको लागि  महानगरपालिको  स्वास्थ्य विभागमा वा महानगरको  हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ |
 निशुल्क उपचार सेवा लिनका लागि सरकार-प्रदेश सरकार-स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात-परिचयपत्र, राष्ट्रिय परिचयपत्र-नेपाली नागरिकता प्रमाणपत्र-जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने छ  ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ००:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update