Ray 4U

जेष्ठ २४, काठमाडौ महानगरपालिकाले आफ्नो वडा नम्बर १६ बनस्थलीमा, अतिक्रमित करिब ४ रोपनी छ आना सार्वजनिक जग्गा खोजी गरेकोछ । अतिक्रमित जग्गा खाली गराउन पटक पटक मिकिङ तथा सुचना गरिएको थियो । सुचना पश्चात कतिपय स्थालियले आफ्नो संरचना हटाउनु भएको र नहटाउनेहरुको  संरचनाहरुमा भने स्थानियहरु सँगको सहकार्ये, स्थानिय जनप्रतिनिधीहरुको उपस्थितीमा काठमडौ महानगरको नगर प्रहरी बलले हटाएको छ । 

Snapshot-3-(6-6-2024-2-07-PM)-1717663845.png

अतिक्रमण हटाएर खाली गराइएको जग्गामा पार्क बनाउन DPR तयार हुँदै गरेको बताइएको छ । यो खाली गरिएको जमिनमा हरियाली पार्क सहितको बगैचा, खुल जिम तथा व्यायम केन्द्र, सभा हल, ध्यान केन्द्र, पाटी, खेल कोर्ट लगायतका बन्नुपर्ने धारणा राखेका छन । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update