Ray 4U
७५ जिल्लामा फैलियो डेंगु

काठमाडौं, भदौ १६ गते 

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको तथ्याङ्क अनुसार देश भर ७५ जिल्लाबाट ६ हजार ३४७ जनामा डेंगु पुष्टि भएको जनाएको छ | महाशाखको तीन जनाको मृत्‍यु भईसकेको पनि जनाएको छ | डेंगु पुष्टि सबै भन्दा बढि तनहुँँमा एक हजार एक सय १६ जनामा देखिएको छ | त्यसैगरि कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११, गोरखामा २४५, झापामा १६३, मकवानपुरमा ११४, भोजपुरमा १०३ र  पाल्पामा १०१ जनामा डेंगु देखिएको छ |

बर्षातको समयमा पानी धेरै जम्ने भएकाले डेंगु सन्क्रमण बढ्ने भएकाले पानी जम्न नदिनुका साथै डेंगुबाट बाँच्न झुलको प्रयोग, शरीर ढाकिने लुगाहरु लगाउन,महाशाखले अनुरोध गरेको छ |

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update