Ray 4U
महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवालाई  अगाडि बढायो

काठमाडौं, भदौ १६  गते

निदानात्मक स्वास्थ्य सेवाका कार्यक्रममा सहभागिताका लागि आव्हान 
रोग लागेर उपचार गराउनु उपचारात्मक स्वास्थ्य सेवा हो । यो अवस्थामा पुग्दा व्यक्तिको सरीर शिथिल हुन सक्छ । आर्थिक बोझ थपिएको हुन सक्छ । पीडा हुन्छ । आय घट्न सक्छ । यसकारण नागरिकको स्वास्थ्य अवस्था कमजोर हुन नदिन, खर्च हुने अवस्था रोक्न काठमाडौँ महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवालाई  अगाडि बढाएको छ । 
यसका लागि हरेक महिनालाई निरोधात्मक स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने महिनाका रुपमा तोकेर वार्षिक तालिका तयार पारिएको छ । यसअन्तर्गत हरेक महिना कुनै एक विषयमा कार्यक्रम सञ्चालन हुनेछ । उदाहरणका लागि यो (भाद्र) महिनामा ‘उच्च रक्तचाप सचेतना सचेतना’का कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यसै गरी हरेक महिना कुनै न कुनै अवस्थाका विषयमा जानकारी दिने अभियानमा जोडिन्छौँ । यसमा तोकिएको स्वास्थ्य अवस्थाका बारेमा छलफल गर्छौँ । लक्षणका बारेमा जानकारी गराउँछौँ । रोकथामका उपाय बुझाउँछौँ । 
आरोग्य जीवन प्राप्त गर्ने गराउने यो अभियानमा सहभागी हुन हामी सम्पूर्ण साझेदार एवं महानगरबासीमा आग्रह गर्दछौँ ।

                                                                         - काठमाडौँ  महानगरपालिका

 

 

 

457819863_832651605709060_2794921008945440925_n-1725198806.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update