उकालो लागेको सेयर ओरालो लगेर बन्द भयो
काठमाडौं, भदौ २ गते
आज केही समय उकालो लगेको सेयर बजार फेरि ओरालो लगेर बन्द भएको छ | तिन हजार ४७ सम्म पुगेको बजार, बन्द हुँदा नेप्से परिसूचक ३४.४७ अंकले घटेर दुई हजार नौ सय ६६.३३ को विन्दुमा पुगेर बन्द भएको छ |
आज तिन सय २७ कम्पनीहरुको ४ करोड ९० लाख ७६ हजार ४ सय २५ कित्ता सेयर दुई लाख २८ हजार ६ सय ८६ पटक किनबेच हुँदा २१ अर्ब ५८ करोड १ लाख ४३ हजार ५ सय ३ दशमलव ४९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय