काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकोले काठमाडौंको विभिन्न स्थानमा बत्ति जाने भएको छ |
नेपाल विद्युत प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नेकाम अघी बढाएको छ |प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्दअन्तर्गत हुने भुमिगत लाईन जडान हुने भएकाले पाँच दिन सम्म दैनिक चार घण्टाका लागि बिजुली नआउने जनाएको छ ।
आइतवार (१३ गते ) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म साँखु बजार र छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ भने सोमवार १४ गते सुविधानगर, सिनामङ्गल र भिमसेनगोला क्षेत्र विद्युत सेवा अवरुद्ध हुनेछ तेसैगरी १६ गते बुधवार सोल्टी मोडदेखि कलङ्की क्षेत्र, १७ गते मैत्रीनगर र ट्याङ्गलाफाँट क्षेत्र र १८ गते फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । L & T र KEI Industries Limited ले विद्युत बितरनको काम गरी रहेका छन |