Ray 4U
शेयर कारोबारमा नयाँ रेकड

काठमाडौं, ३१ साउन 

आज साताको अन्तिम दिन शेयर कारोबारमा नयाँ रेकड कायम भएको छ | हिजो नेप्से परिसूचक ३४.२९ अंकले वृद्धि भएर दुई हजार नौ सय ५७.७५ को विन्दुमा पुगेर बन्द भएको शेयर बजार आज भने नेप्से परिसूचक ४३.०५ अंकले वृद्धि भएर तिन हजार दशमलव ८१ को विन्दुमा कायम भएको छ |        
आज तिन सय ३४ कम्पनीहरुको ६  करोड ८९  लाख ८०   हजार ३  सय ४६ कित्ता सेयर तिन  लाख ११  हजार ५ सय ३६   पटक किनबेच  भएको थियो |  हिजो २३  अर्ब ४३ करोड ५ लाख  ८१ हजार  एक सय ५० दशमलव ४८ रुपैयाँको कारोबार भएको थियो भने आज करिब छ अर्बले बढेर २९   अर्ब ९५  करोड ८५  लाख १९  हजार दुई  सय 16 दशमलव ९५  रुपैयाँको कारोबार भएको थियो |    आज तिन  कम्पनीको सकारात्मक सर्किट  लागेको छ |

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update