Ray 4U

जेष्ठ २२, नेपाल १० वर्ष पछी T20 विश्वकप खेल्दैछ । त्यही अवसरमा काठमाडौं महानगरपालिकाले नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रशारण गर्दैछ । साझ छ बजे बाट टुँडिखेलमा प्रवेश नि:शुल्क गरिएको छ । आज काठमाडौमा पनि परेको भएपनी त्यस्ले मैदानमा असर नपरेकोले LED Screen मा Live म्याच देखाइनेछ । नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९ः१५ बजे सुरु हुनेछ नेपाल र नेदरल्याण्ड यस अघी ११ पटक क्रीकेट खेलेका छन, जस मध्य नेपाल ५ र नेदरल्याण्डले छ खेलमा जित हासिल गरेकाछन ।  Snapshot-2-(6-4-2024-3-29-PM)-1717495813.png
युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा काठमाडौं महानगरपालिका र ओपन डोर इन्टरटेनमेन्टले प्रसारण गर्न लागेको हो । यो कार्यक्रममा मेयर बलेन शाह पनि सहभागी हुने बताइएको छ । मेयर बलेन त्यसको सहभागी हुने भएपछी नेपाली फ्यानहरु थप उत्साहित देखिन्छन । साथै इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ । साथै टुँडिखेलमा खाना र खाजाको स्टलहरु पनि रहनेछन ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update