बालेनले सबैलाई निशुल्क वोर्ल्डकप देखाउने
जेष्ठ २२, नेपाल १० वर्ष पछी T20 विश्वकप खेल्दैछ । त्यही खुशीमा काठमाडौं महानगरपालिकाले नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रशारण गर्दैछ । साझ ५ बजे बाट टुँडिखेलमा प्रवेश नि:शुल्क रहेकोछ । नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९ः१५ बजे सुरु हुनेछ नेपाल र नेदरल्याण्ड यस अघी ११ पटक T20I खेलेका छन, जस मध्य नेपाल ५ र नेदरल्याण्डले छ खेलमा जित हासिल गरेकाछन ।
युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा काठमाडौं महानगरपालिका र ओपन डोर इन्टरटेनमेन्टले प्रसारण गर्न लागेको हो । यो कार्यक्रममा मेयर बलेन शाह पनि सहभागी हुने बताइएको छ । त्यसको साथै इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ । साथै टुँडिखेलमा खाना र खाजाको स्टलहरु पनि रहनेछन ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय