Ray 4U
कार्तिक १५ पछि मात्र निर्माण कार्य सुरु हुने

काठमाडौं, साउन २१ गते 
 
बर्षाका कारण निर्माण रोकिएको नारायणघाट बुटवल सडक खण्डको निर्माण कार्तिक १५ पछि मात्र सुरु हुने भएको छ | सडक मर्मतको काम भने निरन्तर जारि रहने जनाईएको छ | यो सडकको निर्माणको म्याद यही साउन ८ गते सक्किएको थियो | अहिले फेरी यसको म्याद १ बर्षाका लागी थपिएको छ |पुर्बी खण्डको भौतिक प्रगति ५२ प्रतिशत रहेको जनाईएको छ | बर्षातमा हिलो, पहियो, बाढी  र गर्मीमा धुलोको समस्याबाट आम सर्वसाधारणले सास्ति भोगिरहेका छन | म्याद थप भन्दा पनि चाडो भन्दा चाडो यो सडकको निर्माण होस् | सम्वन्धित निकाएको ध्यान हुन जरुरी देखीन्छ |       
यो सडकको शिलन्यास विसं २०७५ साल चैतमा भएको थियो | 
      

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update