Ray 4U

भक्तपुर – जेष्ठ २१ 
काठमाडौं भित्रिन र बाहिरिन पूर्व खण्ड  को मुख्य नाका हो सूर्यविनायक धुलिखेल खण्ड |यो खण्ड भएर  दैनिक हजारौं गाडीहरु आवत जावत गर्ने गर्द छन् ।  तीन वर्षमा निर्माण सक्ने गरी २०७९ फागुन  निर्माण थालिएको थियो |

यो आयोजनाको लागत  ८ अर्ब ५२ करोड रहेको छ |यो सडक को काम ३ खण्डमा विस्तार भइरहेको | सूर्यविनायक–साँगा र साँगा–धुलिखेल | ६ लेनको बन्दै गरेको यो सडकमा दुई  लेन सर्भिस लेनले हुने छ र ४ लेन को मुख्य सडक हुने छ | 

तीनवटा कम्पनी मिल्एर  यो सडकको  विस्तार गरी रहेका छन |  सूर्यविनायक साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणको जिम्मा  हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीले पाएको छ । 

हाल यो  आयोजनामा माटो फिलिङ गर्ने , बिजुली का पोल सार्ने,  कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने,  काम भइरहेको छ।  

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update