ललितपुर, जेष्ठ २० गते
ग्वार्को चोकमा सडक विभागले निर्माण गरिरहेको overpass मा निर्धरित समय मा निर्माण सकनका लागि निर्माण कार्य धमाधम भये रहेको छ |यहा करीब ८० जन पुरुष र १२ जना महिलले
गरी रहनु भएको छ | अहिले मुख्य रुपमा प्यानेल लाइ बलियो बनाउन का लागि Geo strip राख्ने कामका साथै पुलको ढलान को काम र फर्मा set गर्ने काम भये रहेको छ |त्यसका साथ् साथै पुल को दुबइ side मा माटो फिलिङ को काम हुँदै छ |
आरसी समानान्तर र रेलिग्रे निर्माण कम्पनीले फ्लाइओभर निर्माण गरी रहेका छन | फ्लाइओभर निर्माणका लागि ठेकेदार कम्पनीसँग ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा २०७८ फागुन ११ गते ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको निर्माण ‘इपिसी’ मोडेलमा भएे रहेको छ । यस मोडेलमा निर्माण कम्पनीले नै आयोजनाको डिजाइन देखिका काम सबै निर्माण कम्पनीकै हुन्छ | फ्लाइओभर निर्माणका लागि कुल १७ करोड ७६ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो | ग्वार्को फ्लाइओभर निर्माण गर्न ०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो | यो फ्लाइओभरमा बालकुमारी तर्फ ३२० मिटरको र्याम्प रहनेछ भने सातदोबाटोत तर्फ १८५ मिटरको र्याम्प रहनेछ । मुख्य चोकमा ३५ मिटरको पुल हुनेछ |यो फ्लाइओभरको लम्बाइ ५४० मिटरको रहने छ |