Ray 4U
नेप्सेले नयाँ रिकार्ड बनाउँदै

काठमाडौं, साउन १३ गते

आज नेप्से परिसुचक एक सय १३ दशमलव ४२ अंक अर्थात चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय १८ कम्पनीहरुको ४ करोड तीन लाख १४ हजार ५ सय १७ कित्ता सेयर एक लाख ६३ हजार आठ सय १० पटक किन बेच हुँदा १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार २ सय ३५ दशमलव ४५  कारोबार भएको थियो |          

आज सेयर कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नै  नेप्से परिसचक चार प्रतिशतले बढेर बन्द भएको थियो  | फेरि दोश्रो सर्किट पछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो | अर्थिक बर्षको मौद्रिकको सकारात्मक प्रभाव पुँजी बजारमा देखीएको छ |  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update