Ray 4U
सिमलताल बस दुर्घटना अपडेट

काठमाडौं, साउन १३ गते

भारतबाट नेपाल आएका १२ सदस्यीय  खोज तथा उद्धार टोली आज भारत फर्कदैछन |उनीहरु एक हफ्ताका लागि नेपाल आएका थिए | तिन वटा सोनारको प्रयोगका साथै अनुभवि प्राबिधिक भए पनि खोजमा कुनै उपलब्धि भने भएन | उनीहरुले दुईओटा चुम्भकको प्रयोगले खोजी कार्य गरेका थिए | २ मध्य एउटा चुम्भक भने पानीको ठुलो बहावका कारण नदीमै हराएको थियो | नेपाली टोलीले खोजी कार्यलाई निरन्तर्ता जारी राख्ने जनाएको छ |
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परि  त्रिसुली नदीमा बेपत्ता भएका दुई वटा बस शहित हराईरहेका यात्राुहरुको खोजी कार्य गर्नका लागि  भारतबाट अनुभवि प्राबिधिक नेपाल आएका थिए | दुई वटा बसमा ६५ जना यात्रु सवार थिए | ति मध्य ३ जना यात्रु पौडिएर बाँच्नन सफल भएका थिए |  हाल सम्म २५ जनाको मात्र शव फेला परेको छ जसमध्य १७ जनाको मात्र सनाखत भएको जनाईएको छ  | बसको भने आहिले सम्म कुनै खबर छैन |  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update