दुर्घटनाग्रस्त जहाजबाट उद्धार गरिएका पाइलटको अवस्था कस्तो छ ? सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । उनी हाल बोल्न सक्ने अवस्थामा रहेको अस्पातल स्रोतले बताएको छ । उनको मेरूदण्डमा चोट रहेको छ । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।
म्रितक १८ जना को शव परिक्षण कहाँ हुँदैछ ? त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालले काम थालेको छ । अहिले शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन ।
किन जादै थियो पोखरा ? TIA मा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान नियमित मर्मतका लागि पोखरा जाने क्रममा थियो । २ वर्षमा गर्नुपर्ने नियमित मर्मतका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर विमान काठमाडौँबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको हो । विज्ञका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । ‘ए’ देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छन् । यो विमान ‘सी चेक’ का लागि पोखरा लगिदै थियो ।‘सी चेक’ डेढदेखि २ वर्षको अन्तरमा अनिवार्य गर्नुपर्ने हुन्छ । यसमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् ।