डेंगीको शंका लागेमा ११८० मा फोन गर्न महानगरको आग्रह
काठमाडौं, साउन ३ गते
काठमाडौं महानगरले डेंगीको शंका लागेमा नि:शुल्क हट लाईन नम्बर ११८० मा फोन गरि परामर्श लिन आग्रह गरेको छ | नियमित पानी परि रहेकाले विशेष ध्यान दिन महानगरले आग्रह गरेको छ | अस्पातल जान परेमा १०२ नम्बरमा फोन गरि नि:शुल्क सेवा लिन सकिने पनि महानगरले जनाएको छ | हरेक हफ्ताको बुधवार र विहिबार महानगरले डेंगी संक्रमण फैलन नदिन ६४ जना स्वास्थ्यकर्मी र ५५८ महिला स्वास्थ्य सेविका परिचालन गरिएको छ |
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय