काठमाडौं, साउन २ गते
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस मध्य एक बसका (गणपति डिलक्स )चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटिएको छ |गणपति डिलक्सका चालक रौतहटको परवाह वडा नम्बर ६ का ३५ बर्षिया किशोर कुमार चौधरी थिए भने सहचालक चपुर नगरपालिका वडा नम्बर १० का ४८ बर्षका ॠषि कुमार शिंह रहेका थिए | एन्जल डिलक्सको भने अहिले सम्म कुनै पत्तो लगेको छैन हाल सम्म १७ वटा शव फेला परि सकेका छन | नौ वटा शवको पहिचान भएको छ भने ८ वटाको बाँकी रहेको जनाईएको छ | अझै ४५ यात्राुहरुको शवको अवस्था अज्ञात रहेको छ | ति दुबै बसमा जम्मा ६५ यात्राु सवार थिए |
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परी त्रिसुली नदीमा बेपत्ता भएका दुई वटा बस शहित हराईरहेका यात्राुहरुको खोजी कार्य गर्नका लागि ३०० सशस्त्र प्रहरी परिचालित गरिएको थियो | घटनास्थल देखी करिब १ सय ३२ किलोमिटर दुरिमा रहेको गण्डक ब्यारेज सम्म यो समुह परिचालित गरिएको थियो |