सुकुम्बासी बस्ती हटाउन बालेनलाई बाटो खुल्यो
काठमाडौं, साउन २ गते
काठमाडौँ महानगरपालिकाले समय समयमा सुकुम्बासी बस्ती हटाउन धेरै प्रयास गरेको थियो तर विविन्न कारणले यो कार्यमा रोक लाग्दै आएको थियो | अब भने बस्ती हटाउन बाटो खुलेको छ | सर्वोच्च अदालतका न्यायधिश डा आनन्दमोहन भट्टराई र विनोद शर्माको ईजलासले नदी किरारका सरकारी जग्गा अतिक्रमण गरी बसेका बस्तीलाई हटाउने फैसला गरेको छ | फैसलामा वास्तविक सुकुम्बासीको पहिचान गरी वस्ती हटाउन भनिएको छ | सुकुम्बासीहरुको लागि इचंगुनारायणमा आवास निर्माण गरीएको छ | सोही भावनमा सर्न भनिएको छ | सो स्थानमा जान नचाहनेको लागि राहत स्वरुप नगद प्रदान गरी हटाउन सर्वोच्चले भनेको छ |
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय