सिमलताल दुर्घटनामा ३०० सशस्त्र प्रहरी परिचालित
काठमाडौं, साउन २ गते
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परी त्रिसुली नदीमा बेपत्ता भएका दुई वटा बस शहित हराईरहेका यात्राुहरुको खोजी कार्य गर्नका लागि ३०० सशस्त्र प्रहरी परिचालित गरिएको छ | घटनास्थल देखी करिब १ सय ३२ किलोमिटर दुरिमा रहेको गण्डक ब्यारेज सम्म यो समुह परिचालित गरिएको हो | हाल सम्म १५ वटा शव फेला परेको छ | ति मध्य ९ वटा को शव पहिचान भईसकेको छ भने ६ वटाको सनाखत हुन बाँकी रहेको जनाईएको छ |
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ ००:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय