काठमाडौं, असार ३० गते
नारायणी नदि क्षेत्रमा हिजो तीन वटा शवहरु भेट्टिएको प्रहरी श्रोतले जनाएको छ | बस हरुको भने अहिले सम्म कुनै अपडेट आई सकेको छैन | एउटा शवको पहिचान खुलिसकेको छ भने दुई वटाको खुल्न बाँकी रहेको छ | एउटा शव घटनास्थल भन्दा ५० किलोमिटर टाढा भेटिएको थियो भने अर्को दुई वटा ३५ किलोमिटर टाढा भेटिएका थिए | प्रहरिले वाटर ड्रोन,पाईपलाईन इन्सपेक्सन सिस्टम, सोनार क्यामेराको मद्तले पानी भित्र खोजी कार्य जारी राखिएको थियो | चुम्बकको पनि प्रयोग गरि बसको खोजी गरिने जनाईएको छ | नेपाल प्रहरी, नेपाली सेना, गोताखोर टोलीका साथै विविन्न निकायहरुले खोजी कार्यमा सहयोग गरी राख्नु भएको छ |
बिरगंजबाट काठमाडौं आउँदै गरेको बसमा सात भारतीय सहित २४ जना सवार थिए भने काठमाडौंबाट गौरतर्फ जादै गरेको बसमा २७ जना यात्राु सवार रहेको टिकेट काउन्टरको विवरणले जनाएको छ |काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जादै गरेको बस असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो |