सोनार क्यामेरा, वाटर ड्रोन र पाईपलाईन इन्सपेक्सन सिस्टमले बेपत्ता बस र यात्राुहरुको खोजी जारी
काठमाडौं, असार २९ गते
हिजो शुक्रबार बिहान त्रिशुलीमा बेपत्ता भएका दुई यात्रुवाहक बस र यात्राुहरु अहिलेसम्म फेला पर्न सकेका छैनन | हिजो बिहान देखी खोजी कार्य साँझै सम्म पनि जारी रखिएको थियो | साँझै सम्म पनि फेला पर्न नसके पछी आज बिहानै देखी फेरी खोजी कार्य जारी राकिएको छ | खोजी कार्य आज प्रहरिले वाटर ड्रोन मार्फत गरी रहेका छन | सोनार क्यामेराको मद्तले पानी भित्र खोजी कार्य जारी राखिएको जनाईएको छ भने पाईपलाईन इन्सपेक्सन सिस्टमको पनि प्रयोग गरिएको छ | नेपाल प्रहरी, नेपाली सेना, गोताखोर टोलीका साथै विविन्न निकायहरुले खोजी कार्यमा सहयोग गरी राख्नु भएको छ |
बिरगंजबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जादै गरेको बस हिजो असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो |
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय