Ray 4U
द्रुतमार्ग ३३ प्रतिशत सम्पन्न

काठमाडौँ, जेठ १३ गते 
राष्ट्रिय गौरबको आयोजना,  काठमाडौं तराई -मदेश द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङमार्ग  जेठ ११ गतेका दिन छिचोलिएको छ | रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा लगायतको उपस्थितिमा यो सुरुङमार्ग छिचोलिएको  थियो | यो भन्दा पहिले  जेठ ४ गतेका दिन लेनडाँडा सुरूङमार्गको जोडी सुरूङ मध्ये काठमाडौं हुँदै  निजगढ जाने १६३३ मिटर लम्बाइको सुरूङमार्ग छिचोलिएको  थियो।

दु्रतमार्ग आयोजना अन्तर्गतको  सबैभन्दा  लामो सुरुङमार्ग महादेवटार सुरुङमार्गको हो । यसको कुल  लम्बाइ   ३३५५ मिटर रहनेमा  सुरुङमार्गको २१५८ मिटर खनिसकिएको नेपाली सेनाले जनाएको छ । यस  आयोजनाको भौतिक प्रगति ३३.२० प्रतिशत रहेको जनाइएको छ |    
  
यस आयोजनाको निर्माणको म्याद २०८३ चैतसम्म थप गरिएको छ । ललितपुरको  खोकना खण्डको जग्गा विवाद भने अझै कायमै रहेकोछ। नेपाल सरकारले २०७४ साल बैशाख २१ गते यो आयोजनाको निर्माण व्यवस्थापनाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । यो FAST TRACK निर्माण पछी काठमाडौ र तराइ/मधेशको दुरी छोट्याउन मद्दत गर्ने छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update